दीप्पी दाइ र सन्दीप जोरा क्रिजमा हुँदा डगआउटमा खेल जित्ने आशा थियो : कप्तान राेहित
‘हामीले अझ राम्रो गर्न सक्थ्यौं, १५ रन जति बढी दियौं। फिल्डिङ राम्रो गरेको भए उनीहरुलाई १९०सम्म रोक्न सक्थ्यौं । त्यो अवस्थामा टि–२० खेल हो जे पनि हुन सक्थ्यो,’ उनले भने।
काठमाडाैं, असाेज १६ : भारतसँग पराजित हुँदै नेपाल चीनमा जारी १९औं एसियन गेम्सको पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। आईपिएलमा चम्किएका खेलाडीले भरिएको भारतसँग नेपाली टिम २३ रनले पराजित भएको थियो।
ठूलो टिमविरुद्ध २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थिए। पाँचौ विकेटका लागि मिडलअर्डरमा दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल टिम र डगआउट पनि खेल जित्ने आशा पलाएको थियो।
भारतसँगको खेल पनि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले दीपेन्द्र र सन्दीप क्रिजमा हुँदा आफूहरुले खेल जित्ने आशा भएको बताएका छन्। ‘जोरा र दिप्पी दाइ क्रिजमा हुँदासम्म डगआउटमा हामी खेल जित्नेमा आशावादी थियौं, चेज गर्न सक्छौं भन्ने थियो।,’ उनले भने, ‘तर, दिप्पी दाइ आउट भएसँगै लगातार विकेट गुमायौं, त्यो नै खेलको टर्निङ प्वाइन बन्यो।’
पाँचौं विकेटका लागि दीपेन्द्र र सन्दीप जोराले २० बलमा ४५ रनको उत्कृष्ट राझेदारी गरेका थिए। दीपेन्द्रले १५ बलमा ३२ र सन्दीपले सन्दीपले १२ बलमा २९ रन बनाए। यी दुई लागतार ओभरमा आउट भएपनि नेपालले लागतार विकेट गुमाएको थियो।
रोहितले भारतविरुद्ध कमजोर फिल्डिङ गरेको बताए। भारतलाई १०–१५ रन बढी दिएको बताउँदै फिल्डिङमा स्तर अनुसारको प्रदर्शन नभएको बताए।
‘हामीले अझ राम्रो गर्न सक्थ्यौं, १५ रन जति बढी दियौं। फिल्डिङ राम्रो गरेको भए उनीहरुलाई १९०सम्म रोक्न सक्थ्यौं । त्यो अवस्थामा टि–२० खेल हो जे पनि हुन सक्थ्यो,’ उनले भने।
भारतविरुद्ध अलराउन्डर प्रदर्शन गरेका दीपेन्द्र फमर्म आउनु नेपाली टिमका लागि खुसी र साकारात्मक भएको उनले बताए। दीपेन्द्र ब्याटिङमा ३२ रन बनाउनुका साथै बलिङमा २ विकेट लिएका थिए।
‘टि–२० विश्वकप क्वालिफायरअघि दीप्पी दाइ लयमा आउनु नेपालको लागि धेरै सकरात्मक हो’, उनले भने। नेपालले अर्को महिना घरेलु मैदानमा टि–२० विश्वकप छनोट खेल्दैछ।











