‘मन्त्री बाठा भए आफैं डिल गर्दा रहेछन्, लाटा भए कर्मचारी’
काठमाडौं, फागुन १३ : सत्तासिन दल नेकपाका सांसद गजेन्द्रबहादुर महतले भ्रष्टाचार अन्त्य गर्न सबै एक हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा....

काठमाडौं, फागुन १३ : सत्तासिन दल नेकपाका सांसद गजेन्द्रबहादुर महतले भ्रष्टाचार अन्त्य गर्न सबै एक हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फलाम तात्तिएका वेला सबै मिलेर भ्रष्टाचारको टाउकोमा प्रहार गर्ने गर्नुपर्ने बताए। ‘मन्त्री बाठा भए आफैंले डिल गर्दा रहेछन्। लाटा भए कर्मचारीले,’ सांसद महतले भने, ‘यसको असर कर्णालीमा परेको छ। बजेट पनि कम छ, कसैले ध्यान पनि दिँदा रहेनछन।’
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याएर संविधान संशोधन गरि प्रधानमन्त्री बनाउन कसरत गरिएको विषय प्रति इंगित गर्दै उनले संविधान संशोधनको विषय आत्मघाति हुने बताए।
‘संविधान संशोधनको कुराको मात्रै उठे त्यसपछि थेग्न गाह्रो हुन्छ नेताहरुले बुझुन्। अहिले भ्रष्टाचारको टाउकोमा हान्ने उपयुक्त समय हो। त्यसमै लागौं,’ उनले भने।











