Kathmandu Press

भारतसँगको हारपछि प्रशिक्षक मोन्टी देसाईले भने– एसियन गेम्समा नेपालले क्रिकेटको ब्रान्ड देखायाे

एसियन गेम्समा क्वार्टरफाइनलभन्दा माथि पुग्न नसकेपनि टिमले गर्व गर्न लायक प्रदर्शन गरेको बताए । उनले यो यात्रामा नेपालले क्रिकेटको ब्रान्ड देखाएको बताए।
भारतसँगको हारपछि प्रशिक्षक मोन्टी देसाईले भने– एसियन गेम्समा नेपालले क्रिकेटको ब्रान्ड देखायाे

काठमाडाैं, असाेज १६ : भारतसँग पराजित हुँदै नेपाल चीनम जारी एसियन गेम्सको पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। तर, टि–२० क्रिकेटको नम्बर एक टिमविरुरुद्ध नेपाली टिमको प्रदर्शन भने गर्व गर्न लायक थियो।

भारतको सिनियर टिम नभएर पनि सिनियर टिमबाट खेलिसकेका र आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको बाहुल्य थियो। भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १८९ रन बनयो, र नेपाल २३ रनले पराजित भयो।

भारतसँग पराजित भएपछि नेपाली टिमक प्रशिक्षक मोन्टी देसाईले १०–१५ बढी दिएको बताउँदै टिमको प्रदर्शन उत्कृष्ट भएको बताए।  उनले फिल्डिङमा राम्रो गर्न सकेको भए खेलमा जे पनि हुन सक्ने बताए।

‘हामीले १०–१५ रन बढी दियौं, फिल्डिङ अलिक राम्रो गरेको भए के थाहा हामीले १९०–१९५ रन चेज गर्न सक्थ्यौं कि?’ खेलपछि प्रशिक्षक देसाईले भने।

भारतीय टिममा आईपीएल खेलेका खेलाडीहरूको बाहुल्य रहेकाले त्यति रन बन्नु स्वभाविक भएको प्रशिक्षक मोन्टीले बताए। भारतीय टिममा आईपिएलमा चम्केका रिंकु सिंह, शिवम दुवे, तिलक वर्मा, यजस्वी जैसवाललगायत खेलाडी थिए।

आईपिएलका अनुभवी ब्याट्सम्यान रिंकु सिंहले अन्त्यतिर विस्फोटक ब्याटिङ गरेपछि भारतले २ सयमाथिको स्कोर बनाएको थियो। रिंकुले १५ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाएका थिए। १६.२ ओभरमा १५०–४को अवस्थामा रहेको भारतलाई रिंकुले शिवम दुवेसँग २२ बलमा २२ रनको विस्फोटक साझेदारी गर्दै विशाल योगफल तर्फ लगेका थिए। त्यही साझेदारी भारतको जितको कारण बन्यो।

प्रशिक्षक देसाईले भारतविरुद्ध अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीको तारिफ गरे। दीपेन्द्र टि–२०को स्पेसलिस्ट भएको बताउँदै उनले टि–२० विश्वकप क्वालिफायरअघि लयमा आउनु नेपालको लागि सकरात्मक भएको छौ।

भारतविरुद्ध दीपेन्द्रले १५ बलम ४ छक्का प्रहार गर्दै ३२ रन बनाएका थिए भने बलिङमा ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिएका थिए। उनले भारतका दुवै ओपनरले पभेलियन फर्काएका थिए।

एसियन गेम्समा क्वार्टरफाइनलभन्दा माथि पुग्न नसकेपनि टिमले गर्व गर्न लायक प्रदर्शन गरेको बताए । उनले यो यात्रामा नेपालले क्रिकेटको ब्रान्ड देखाएको बताए। उनले भने, ‘हामी यो यात्राबाट प्राउड छौं, हामीले इनभेस्ट गरेका छौं।’

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्