Kathmandu Press

भारतविरुद्ध दीपेन्द्रले दिलाए चौथो सफलता 

१३औं ओभर बलिङका लागि आएका सन्दीपले पाँचौ बलमा भारतबाट शतक बनाएका यशस्वी जयसवाललाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । जयसवाल १०० रन बनाएर आउट भए । 
भारतविरुद्ध दीपेन्द्रले दिलाए चौथो सफलता 

काठमाडौं, असोज १६: चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले चौथो विकेट लिएको छ । 

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो सफलता दिलाएका हुन् । १३औं ओभर बलिङका लागि आएका सन्दीपले पाँचौ बलमा भारतबाट शतक बनाएका यशस्वी जयसवाललाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । जयसवाल १०० रन बनाएर आउट भए । 

जारी खेलको १७ ओभर समाप्त हुँदा भारतले चार विकेट गुमाएर १५६ रन बनाएको छ । भारतबाट हाल क्रिजमा रहेका सिवम दुवे १७ र रिंकु सिंह एक रनमा खेलिरहेका छन् ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।

भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । 

प्रकाशित मिति: ०८:१९ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्