जो सुकै होस्, भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : रावल
काठमाडौं, फागुन १३ : नेकपा सांसद भीम रावलले भ्रष्टाचारीको अनुहार नहेरी कारबाही हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समय....

काठमाडौं, फागुन १३ : नेकपा सांसद भीम रावलले भ्रष्टाचारीको अनुहार नहेरी कारबाही हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै रावलले भ्रष्टाचार मुद्दा हेर्ने अख्यितार दुरुपयोग अनुसन्धान आयोगले तथ्यका आधारमा आरोपीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
‘अख्तियारले तथ्यका आधारमा कारबाहीको दायरामा ल्याउनुपर्छ। तर, कोही व्यक्ति आरोपी भयो, तर अदालतले त्यसलाई गलत सावित गर्यो भने उसलाई भ्रष्टाचारी भनिरहरन उपर्युक्त हुन सक्छैन,’ उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्न सरकारी पक्ष हो वा संसदमा प्रतिनिधित्व गर्ने दल जो सुकै भएपनि कारबाही हुनुपर्छ।’
भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न कसैको फरक मत हुन नहुने र एकजुट हुनुपर्ने उनको भनाइ थियो।











