Kathmandu Press

भारतविरुद्ध नेपाली खेलाडीले प्रत्येक छक्काको २० हजार, शतकको ५ लाख पाउने

उसले बलिङमा प्रत्येक विकेटको २० हजार रुपैयाँ दिने घोषणा गरेको छ। ह्याट्रिक लिए २ लाख ५१ हजार तथा ४ विकेट लिए ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
भारतविरुद्ध नेपाली खेलाडीले प्रत्येक छक्काको २० हजार, शतकको ५ लाख पाउने

काठमाडाैं, असाेज १५ : चीनमा जारी १९औं एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतको सामाना गर्दैछ। क्वार्टरफाइनलको यो खेल बिहान ६ः४५ बजे सुरु हुनेछ।

भारतविरुद्धको खेलमा नेपाली खेलाडीको हौसला बढाउन ‘टिम ११’ नगदपुरस्कारको घोषणा गरेको छ। ‘टिम ११’ले भारतविरुद्धको खेलमा नेपाली खेलाडीले प्रहार गर्ने प्रत्येक चौका बराबर १० हजार रुपैयाँ दिने घोषणा गरेको छ।

यस्तै, उसले प्रत्येक छक्काको २० हजर रुपैयाँ दिने घोषणा गरेको छ भने अधर्शक बनाउने खेलाडीले १ लाख रुपैयााँ पाउने छन्। भारतविरुद्ध शतक बनाए, ती खेलाडीले ५ लाख रुपैयाँ पाउने ‘टिम ११’ले जनाएको छ।

उसले बलिङमा प्रत्येक विकेटको २० हजार रुपैयाँ दिने घोषणा गरेको छ। ह्याट्रिक लिए २ लाख ५१ हजार तथा ४ विकेट लिए ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

यस्तै, टिम ११ले भारतलाई हराए नेपाली टिमलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ।

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्