Kathmandu Press

एसियन गेम्स : क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

आज गरिएको ड्रअनुसार नेपालले क्वार्टरफाइनलमा बलियो भारतलाई प्रतिद्वन्द्वका रुपमा पाएको हो।
एसियन गेम्स : क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडाैं, असाेज १५ : चीनमा जारी १९औं एसियन गेम्सको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ। आज गरिएको ड्रअनुसार नेपालले क्वार्टरफाइनलमा बलियो भारतलाई प्रतिद्वन्द्वका रुपमा पाएको हो।

नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ। नेपाल समूह एको विजेताका रुपमा क्वार्टरफाइलन पुगेको हो। समूहमा नेपालले मंगोलियो र माल्दिभ्सलाई हराएको थियो।

नेपाली टिमले लगातार तेस्रो पटक भारतसँग खेल्न लागेको हो। यसअघि नेपाली टिमले एसिया कप र इमर्जिङ एसिया कपमा पनि भारतसँग खेलेको थियो।

तर, टि–२० आईमा भने पहिलो पटक खेल्ने लागेको हो। यसअघिका दुवै खेल ५० ओभरको थियो।

क्वार्टरफाइनलमा पाकिस्तानले हङकङसँग खेल्ने भने भने श्रीलंकाले अफगानिस्तान र बंगलादेशले मलेसियाको सामाना गर्ने छ। भारत, पाकिस्तान, बंगलादेश, अगफानिस्तान र श्रीलंका सिधै क्वार्टरफाइलनमा पुगेका हुन्।

 

 

प्रकाशित मिति: ११:२९ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्