हलिउड फिल्म निर्माता हार्भी बलात्कार मुद्दामा दोषी ठहर
काठमाडौं, फागुन १३ : हलिउड निर्माता हार्भी वाइनस्टिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन्। न्युयोर्कको एउटा अदालतका पाँच महिला र सात पु....

काठमाडौं, फागुन १३ : हलिउड निर्माता हार्भी वाइनस्टिन बलात्कारसहित कुटपिटको घटनामा दोषी ठहर भएका छन्। न्युयोर्कको एउटा अदालतका पाँच महिला र सात पुरुषको इजलासले पाँच दिनको सुनुवाईपछि हार्भीलाई दोषी ठहर गरेको हो।
६७ वर्षीय वाइनस्टिनलाई अदालतले थर्ड डिग्री बलात्कार र फस्र्ट डिग्री आपराधिक यौन कार्यमा दोषी ठहर गरेको छ। वाइनस्टिनले २५ वर्षको जेल सजाय तोकिएको छ।
तर वाइनस्टिनले फर्स्रट डिग्री बलात्कारजस्तो गम्भीर मुद्दामा भने सफाई पाएका छन्। अमेरिकामा १७ वर्षभन्दा मुनिका वा सहमति जनाउन नसक्ने उमेरका महिलासँग जबरजस्ती सम्बन्ध राख्नुलाई थर्ड डिग्री रेप भनिन्छ।
चर्चित अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ प्याल्ट्रोवलगायतका ८० जना महिलाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए। सन् २०१३ मा लसएन्जेलसमा दुई महिलालाई कुटपिट पनि गरेको आरोप उनलाई लागेको छ।












