Kathmandu Press

एसियाली खेलकुद क्रिकेटमा माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। 
एसियाली खेलकुद क्रिकेटमा माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, असोज १४ : एसियाली खेलकुदअन्तर्गत टी–२० आई पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ।

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। 

यसअघि पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले हराएको थियो। माल्दिभ्सले पनि आफ्नो पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो। 

नेपाल र माल्दिभ्सबीच हुने खेलको विजेता टोली क्वाटरफाइनल प्रवेश गर्नेछ। 

मंगोलियाविरुद्धको खेलमा ११ वटा विश्व कीर्तिमान बनाएको नेपाल माल्दिभ्सविरुद्धको खेलमा पनि त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा छ।  

प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, असोज १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्