Kathmandu Press

एथ्लेटिक्समा दीपक अधिकारीले बनाए राष्ट्रिय कीर्तिमान

दीपकले निर्धारित २९ मिनेट ३५।०६ सेकेण्डमा पूरा गर्दै गोपीचन्द्र पार्कीको ना ममा रहेको राष्ट्रिय कीर्तिमान तोडे।
एथ्लेटिक्समा दीपक अधिकारीले बनाए राष्ट्रिय कीर्तिमान

काठमाडौं, असार १३ : चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत एथ्लेटिक्समा नेपालका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

शनिबार साँझ भउको पुरुष १० हजार मिटर दौड दीपकले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले निर्धारित २९ मिनेट ३५।०६ सेकेण्डमा पूरा गर्दै गोपीचन्द्र पार्कीको ना ममा रहेको राष्ट्रिय कीर्तिमान तोडे।

Hardik ivf

गोेपीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियन गेम्समा ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान बनाएका थिए।

जारी एसियन गेम्समा राष्ट्रिय कीर्तिमान बनाउने दीपक पहिलो नेपाली खेलाडी हुन्। १६ जनाले प्रतिस्पर्धा गरेको उक्त स्पर्धामा दीपक सातौं भए।

 

प्रकाशित मिति: २०:५५ बजे, शनिबार, असोज १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्