भारतले जित्यो यू–१९ साफ उपाधि
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानलाई ३–०ले हराउँदै भारतले उपािध जितेको हो।
काठमाडाैं, असाेज १३ : यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानलाई ३–०ले हराउँदै भारतले उपािध जितेको हो।
भारतको जितमा मालिंथन किप्गेनको २ तथा गोगमसर गोयारीले गोल गरे । भारतले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।
भारतले ६४औं मिनेटमा किप्गेनको गोलमा अग्रता लियो । ८५औं मिनेटमा किप्गेनले नै फ्रिकिकमा गोल गर्दै भारतको अग्रता दोब्बर बनाए। गोयरीले इन्जुरी समयमा गोल गरेपछि भारतले उपाधि जित्यो।
भारतको यो तेस्रो यू–१९ साफ उपाधि हो । यसअघि उसले सन् २०१९ र २०२२मा उपाधि जितेको थियो। दुवै फाइनलमा उसले बंगलादेशलाई हराएको थियो। यता, पाकिस्तान पहिलो सहभागीतामै फाइनल पुगे पनि उपाधिबाट बञ्चित भयो।
प्रकाशित मिति: २०:३० बजे, शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार