महिला भारत्तोलनको ५५ केजी प्रतिस्पर्धाबाट बाहिरिइन् टीकामाया
एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन्।
काठमाडौं, असाेज १३ : हाङझाव एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन्।
एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन्। स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरे पनि सफल हुन सकिनन्।
क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाएकी थिईन। क्लिन एन्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा टीकाले ९० केजी तौल उठाउन असफल भएकी हुन्।
प्रकाशित मिति: १५:४८ बजे, शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











