कर्णालीमा बोलेरो खस्दा चालक वेपत्ता (अपडेट)
कालिकोट, फागुन १३ : कर्णाली राजमार्गमा मंगलबार बिहान ग १ च ४१४१ नम्बरको बोलेर दुर्घटना हुँदा चालक वेपत्ता भएका छन्।
यात्रु ओरालेर फर्किँदै ग....

कालिकोट, फागुन १३ : कर्णाली राजमार्गमा मंगलबार बिहान ग १ च ४१४१ नम्बरको बोलेर दुर्घटना हुँदा चालक वेपत्ता भएका छन्।
यात्रु ओरालेर फर्किँदै गरेको बोलेरो कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, बोलेरो चालक दैलेखको गुराश गाउँपालिका–४ का चक्रबहादुर खड्का बेपत्ता भएका छन्।
स्थानीय वासिन्दा र प्रहरीले कर्णाली नदीमा खसेको बोलेरो निकाल्ने प्रयास गरिरहेका छन्। जीपका चालक खड्का भने भेटिएका छैनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
............ ................. ................ ............
कालिकोट, फागुन १३ : यात्रु बोकेको बोलेरो मंगलबार बिहान कर्णाली नदीमा खसेको छ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका अनुसार, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ लालीघाट नजिकबाट ग १ ज ४१४१ नम्बरकाे बोलेरो कर्णाली नदीमा खसेको हो।
गाडी कर्णालीमा खसेको खबर आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलियाले बताए।
उनका अनुसार, कर्णालीमा गाडी खसेको खबर आएको छ। तर, त्यसमा कति यात्रु थिए एकीन भएको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।











