विश्वभर कोरोनाको संक्रमणः चीन बाहिर मात्रै २३ जनाको मृत्यु
काठमाडौ, फागुन १३ : डेढ महिनादेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केही दिनमा विश्वभर फैलिएको छ । मंगलबार बिहानसम्म चीन बाहिर मात्रै....

काठमाडौ, फागुन १३ : डेढ महिनादेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केही दिनमा विश्वभर फैलिएको छ । मंगलबार बिहानसम्म चीन बाहिर मात्रै करिब २३ जनाको ज्यान गएको छ ।
चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ । मंगलबार बिहानसम्म चीन बाहिर दक्षिण कोरियामा ८, इरानमा ५, इटलीमा ४, जापानमा ४, हङकङ्मा १, फिलिपिन्समा १ जनाको ज्यान गएको हो । चीनबाट फैलिएर कोरोना संक्रमणबाट दक्षिण कोरियामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । सोमबारसम्म कोरियामा ८ सय ९३ जना संक्रमित भएको पुष्टी भएको छ ।
यस्तै जापानमा पनि संक्रमितको संख्या बढेको छ । जापानमा मंगलबार बिहानसम्म ८ सय ५० पुगेको जापानको स्वास्थ्य विभागले जनाएको छ। विश्वका २६ देशमा १६ सय भन्दा धेरै मानिसमा कोरोना भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। यस्तै चीनमा कारोना भाइरसको संक्रमणबाट हालसम्म सम्म २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ।
उक्त भाइरसबाट सोमबार ५ सय ८ जना नयाँ संक्रमित थपिएसँगै चीनमा संक्रमितको संख्या ७७ हजार ६ सय ५८ पुगेको छ । सोमबार मात्रै चीनमा ७१ जनाले ज्यान गुमाएका छन् ।











