Kathmandu Press

चर्चित नायिका आँचलको उदिपसँग इंगेजमेन्ट

काठमाडौं, फागुन १३ : चर्चित नायिका आँचल शर्माले पनि यही २९ फागुनमा आफ्नो विवाह गर्ने भएकी छन् ।

आँचलले आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठसँग उ....

चर्चित नायिका आँचलको उदिपसँग इंगेजमेन्ट

काठमाडौं, फागुन १३ : चर्चित नायिका आँचल शर्माले पनि यही २९ फागुनमा आफ्नो विवाह गर्ने भएकी छन् ।

आँचलले आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठसँग उनले सोमबार चुच्चेपाटीको इम्पेरियल बैंक्वेटमा परिवारका सदस्यहरूको उपस्थितिमा इंगेजमेन्ट गरेकी हुन् । करिब ढेड वर्ष लामो प्रेम सम्बन्धलाई आँचल र उदीपले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् । अभिनेत्री आँचलले ‘नाइ नभन्नू ल ४’बाट नायिकाको रूपमा फिल्मी यात्रा सुरु गरेकी हुन् ।

Hardik ivf

अभिनेता पल शाहसँग उनको प्रेमसम्बन्ध रहेको बताइए पनि अन्तत आँचल डेढ वर्षअघि उदीपसँग नजिक भएकी हुन् । आँचललेनयाँ चलचित्र ‘डामाडोल’को छायांकन विवाहपछि हुने बताएकी छिन् । विवाहपछि पनि चलचित्रमा सक्रिय रहने यी अभिनेत्रीको भनाइ छ ।

 यसैबीच अभिनेत्री प्रियंका कार्कीको पनि यही १५ फागुनमा विवाह हुदै छ । उनले अभिनेता आयुस्मान देशराज जोशीसँग विवाह गर्न लागेकी हुन् । 
 

प्रकाशित मिति: ०८:५४ बजे, मंगलबार, फागुन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्