Kathmandu Press

विमल घर्तिमागर पनि अस्ट्रेलिया पलायन

नेपाली राष्ट्रिय टिमका करिब ३ दर्जन पुगिसक्दा उनीहरुलाई पछ्याउँदै स्टार स्ट्राइकर विमल घर्तिमगर पनि अस्ट्रेलिया लागेका छन्।
विमल घर्तिमागर पनि अस्ट्रेलिया पलायन

काठमाडाैं, असाेज १२ : एक वर्षभन्दा बढी समयदेखि चलेको नेपाली फुटबलरको पलायन यात्रा अझै रोकिएको छैन।

नेपाली राष्ट्रिय टिमका करिब ३ दर्जन पुगिसक्दा उनीहरुलाई पछ्याउँदै स्टार स्ट्राइकर विमल घर्तिमगर पनि अस्ट्रेलिया लागेका छन्। उनी आज उज्ज्वल भविष्यको खोजीले अस्ट्रेलिया लागेका हुन्।

अब राष्ट्रिय टिममा विमलसँगै खेलेका अञ्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट, किरण लिम्बू र रोहित चन्द मात्र छन्।

उनी आसन्न नेपाल सुपर लिगमा मार्की खेलाडीको सम्झौता रद्द गर्दै अस्ट्रेलिया लगएका हुन्। उनी ललितपुर सिटी एफसीका मार्की खेलाडी थिए।

पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन्।

दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन्।

सन् २०१२ देखि राष्ट्रिय टिमको सदस्य रहेका २५ वर्षीय विमेलले नेपालका लागि ३९ खेलमा ९ गोल गरेका छन्। उनी पछिल्लो मछिन्द्र फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्थे।

प्रकाशित मिति: ११:३४ बजे, शुक्रबार, असोज १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्