Kathmandu Press

जेलबाट छुटेपछि पहिलोपटक गृहजिल्ला पुगेर महाराले भने,‘तीन महिना भूमरीमा परे’ 

काठमाडौं, फागुन १३ : पूर्व सभामुख कृष्णबहादुर महरा जेलबाट छुटेपछि पहिलोपटक आफ्नो गृह जिल्ला दाङ पुगेका छन् ।

सोमबार गृहजिल्ला पुगेका महराले ....

जेलबाट छुटेपछि पहिलोपटक गृहजिल्ला पुगेर महाराले भने,‘तीन महिना भूमरीमा परे’ 

काठमाडौं, फागुन १३ : पूर्व सभामुख कृष्णबहादुर महरा जेलबाट छुटेपछि पहिलोपटक आफ्नो गृह जिल्ला दाङ पुगेका छन् ।

सोमबार गृहजिल्ला पुगेका महराले शुभेच्छुकहरुलाई सम्बोधन गर्दै कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन नसक्ने भन्दै आफू तीन महिना भूमरीमा परेको गुनासो गरेका छन् । आफूलाई अदालतले न्याय दिएको बताएँदै उनले यो जित जनताहरुको भएको बताए ।

बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएपछि पहिलो पटक निर्वाचन क्षेत्रमा पुगेका महराले आफूमाथि ठूलो षड्यन्त्र भएको तर जितेर आएको बताए । आफूमाथि लागेको आरोपबारे अदालतले नै बोलिसकेकाले थप केही नभन्ने उनले बताएका छन् । संसदीय सचिवालयकै एक महिला कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले १४ असोजमा पदबाट राजीनामा दिएका थिए ।

जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी १०३ दिन डिल्लीबजार कारागारमा बसे । तर जिल्ला अदालतले सफाइ दिएपछि उनी छुटेका हुन् ।उनलाई दाङ प्रवेशबिन्दु धानखोलादेखि नै फूलमाला र बाजागाजाले स्वागत गरिएको थियो । 

प्रकाशित मिति: ०७:११ बजे, मंगलबार, फागुन १३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्