Kathmandu Press

सेमिफाइनलमा भारतसँग पेनाल्टीमा हार्‍यो नेपाल, उपाधिका लागि भारत–पाकिस्तान भीड्ने

बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतसँग टाईब्रेकरमा ३–२ले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।
सेमिफाइनलमा भारतसँग पेनाल्टीमा हार्‍यो नेपाल, उपाधिका लागि भारत–पाकिस्तान भीड्ने

काठमाडाैं, असाेज १० : घरेलु मैदानमा जारी यू–१९ साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतसँग टाईब्रेकरमा ३–२ले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल लागतार तेस्रो पटक भारतसँग सेमिफाइनलमै रोकिएको छ। नेपाल सुरुआती दुई संस्करणको विजेता हो।

निर्धारित समयको खेल १–१को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो।

निर्धारित समयको खेल १–१को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। पेनाल्टीमा नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले मात्र गोल गर्न सके। प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङ गोल गर्न सकेनन्।

त्यसअघि भारतले २६औं मिनेटमा भारतले अग्रता लिएको थियो। उसका साहिल खुर्सिदले गोल गरेका थिए।

तर, दोस्रो हाफमा नेपाल खेलमा फर्कियो। ७४औं मिनेटमा नेपालका लागि समीर तामाङले गोल गरे।

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्