भारतविरुद्ध नेपालले बराबरी गोल फर्कायो
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा १–०ले पछि परेको नेपालले ७४औं मिनेटमा बराबरी गोल फर्काएको हो।
काठमाडाैं, असाेज १० : जारी यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतविरुद्ध बराबरी गोल फर्काएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा १–०ले पछि परेको नेपालले ७४औं मिनेटमा बराबरी गोल फर्काएको हो।
नेपालको लागि समीर तामाङले गोल गरे। उनले डिबक्स बाहिरबाट आएको लामो पासमा हेडिङमार्फत गोल गरेका थिए।
त्यसअघि २६औं मिनेटमा भारतले अग्रता लिएको थियो। उसका साहिल खुर्सिदले गोल गरेका थिए।
आजको खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ।
प्रकाशित मिति: १९:०९ बजे, बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार