मंगोलियाविरुद्ध नेपालको कीर्तिमानै कीर्तिमानले भरिएको जित
चीनमा बुधबार बिहान भएको खेलमा नेपालले मंगोलियामाथि २७३ रनको फराकिलो जित निकाल्यो।
काठमाडाैं, असाेज १० : एसिय गेम्सको पुरुष क्रिकेटमा नेपालले सानदार सुरुआत गरेको छ। चीनमा बुधबार बिहान भएको खेलमा नेपालले मंगोलियामाथि २७३ रनको फराकिलो जित निकाल्यो।
यो टि–२० अन्तर्राष्ट्रियको सर्वाधिक ठूलो जित हो। यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराउँदै कीर्तिमान बनाएको थियो।
खेलमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको ३१५ रनको विश्वकीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमो ४१ रनमै अलआउट भयो। उसका लागि दावासुरने जम्यानसुरेनले सर्वाधिक १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउने सकेनन्। उसले २३ रन अतिरिक्त पाएको थियो।
नेपालका करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले समान २ विकेट लिए। यस्तै, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले कुशल मल्लको कीर्तिमानी शतक र दीपेन्द्रको कीर्तिमानी अर्धशतक मद्दतमा ३ विकेटको क्षतिमा ३१४ रन बनायो। यो टि–२० अन्तर्राष्ट्रियको सर्वाधिक ठूलो स्कोर हो।
यो यो कीर्तिमान अफगानिस्तान र चेक रिपब्लिकको नाममा थियो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८–३ र ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८–४ बनाएको थियो।
नेपालले विशाल योगफल बनाउने क्रममा कुशल मल्लले ३४ बलमै शतक बनाउँदै विश्वकीर्तिमान कायम गरे। नटआउट उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का मद्दतमा कुल १३७ रन बनाए। टि–२० अन्तार्राष्ट्रियको पाँचौं ठूलो र नेपालको सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो।
यस्तै, दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाउँदै युवराज सिंहको सर्वाधिक छिटो शतकको कीर्तिमान तोडे। उनले १० बलमा ८ छक्का प्रहार गर्दै ५२ रन बनाए।
नेपालको इनिङमा कप्तान रोहित पौडेलले २७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रन बनाए। कशुल भुर्तेलले १९ र आसिफ सेखले १६ रन बनाए।
अब नेपालले समूहको अर्को खेल माल्दिभ्ससँग अक्टोबर १मा खेल्नेछ।











