Kathmandu Press

विपक्षी दलको साथ खोज्दै कांग्रेस, सरकारविरुद्ध एक हुने निर्णय

काठमाडौं, फागुन १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस मागेको अडियो प्रकरणमा त....

विपक्षी दलको साथ खोज्दै कांग्रेस, सरकारविरुद्ध एक हुने निर्णय

काठमाडौं, फागुन १२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस मागेको अडियो प्रकरणमा तीन दलीय मोर्चाबन्दी गरेको छ। 

सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच भएको छलफलमा बाँस्कोटा प्रकरणलाई लिएर संसद अवरोध नगर्ने समझदारी बनेको छ।

कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने र तीनै दलले आफ्नो कुरा संसदमा राख्ने समझारी बैठकमा भएको छ।कांग्रेसले बाँस्कोटा प्रकरणको विरोध गर्दै आएको छ। यो प्रकरणमा प्रधानमन्त्रीको समेत धारणा माग गर्दै आएको छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसनमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विषयलाई कांग्रेसले प्रमुखरुपमा उठाएको छ।

कांग्रेसले आइतबार छायाँ मन्त्रिपरिषद्‍मा छलफल भएअनुसार अन्य प्रतिपक्षी दलसँग सहमति गर्ने निर्णय समेत गरेको थियो।

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, फागुन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्