Kathmandu Press

एसियन गेम्स खेल्न सन्दीप चीन गए

एसियन गेम्समा क्रिकेट पदक ल्याउने सम्भावना भएको खेल भएकाले गएर खेल्नुपर्ने भन्दै सचिव खड्काले सन्दीपलाई सम्झाएका थिए।
एसियन गेम्स खेल्न सन्दीप चीन गए

काठमाडाैं, असाेज ९ : नेपाली क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्स खेल्न चीन प्रस्थान गरेका छन्। मुद्दाका कारण टिमसँगै जान नपाएका सन्दीप पेशी सरेपछि मंलबार बिहान चीन प्रस्थान गरेका हुन्।

पटक–पटक मुद्दाका पेसी सरेपछि मानसिक तनावमा रहेका सन्दीपले चीन जान आफु मानसिक रुपमा तयार नभएको बताएका थिए। सोही कारण उनको सोमबार चीनको टिकट रद्द गरिएको थियो।

Hardik ivf

तर, सोमबार साँझ क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सन्दीप चीन जान तयार भएका हुन्।

एसियन गेम्समा क्रिकेट पदक ल्याउने सम्भावना भएको खेल भएकाले गएर खेल्नुपर्ने भन्दै सचिव खड्काले सन्दीपलाई सम्झाएका थिए। यो छलफलपछि चीन जान राजी भएका सन्दीप मंगलबार बिहानै चीनतर्फ लागेका छन् ।

क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दै छ।

प्रकाशित मिति: ११:०० बजे, मंगलबार, असोज ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्