Kathmandu Press

असोज ४ र ५ गते बन्द भएकाे कक्षा घटस्थानापछि सञ्चालन गर्न फेदीखोला गाउँपालिकाको निर्देशन

असोज ४ र ५ गते बन्द भएकाे कक्षा घटस्थानापछि सञ्चालन गर्न फेदीखोला गाउँपालिकाको निर्देशन
Hardik ivf

स्याङ्जा, असोज ७ : शिक्षकहरुको अन्दोलनका कारण असोज ४ र ५ गते विद्यालय बन्द हुँदा विद्यार्थीको पढाईमा क्षति पुगेको भन्दै स्याङ्दाको फेदीखोला गाउँपालिकाले दुई दिनको पढाइ भरपाई गर्न निर्देशन दिएको छ।

गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै पाकिलाभित्रका सबै विद्यालयहरुलाई असोज ४ र ५ गतेको सट्टा घटनास्थापना पछिका दुई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

‘गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा मिति २०८०÷०६÷४ र २०८०÷०६÷५ गते अध्ययन अध्यापन स्थागित हुँदा विद्यार्थीहरुको पढाइमा पुग्न गएको क्षतिलाई मध्यनजर गर्दै घटस्थापना पछिका दुई दिन (२०८० असोज २९ र ३०गते) सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अध्ययन अध्यापन गर्नु गराउनुहुन सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ गाउँपालिकाले निकालेको सूचनामा भनिएको छ।

प्रकाशित मिति: २१:०० बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्