Kathmandu Press

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने ६ जना पक्राउ

पोखरा, फागुन १२ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाउन खाेज्दा ६ विद्यार्थी पक्राउ परेका छन्।

सोमबार प्रदेशस्तरीय कार्यक....

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने ६ जना पक्राउ
फाइल फाेटाे

पोखरा, फागुन १२ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाउन खाेज्दा ६ विद्यार्थी पक्राउ परेका छन्।

सोमबार प्रदेशस्तरीय कार्यकर्ता भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि प्रधानमन्त्री ओली पोखरा पुगेका छन्। उनलाई पोखरास्थित जनप्रिय क्याम्पस परिसरमा विद्यार्थीले कालोझण्डा देखाउन खाेजेका हुन्।

प्रधानमन्त्री ओलीलाई समाजवादी पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन र कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालोझण्डा देखाउन खाेजेका थिए। उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी पनि गरेका छन्।

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खाेज्ने विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

नेकपाले सुरू गरेको देश व्यापी अभियानअन्तर्गत पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशक्षिण कार्यक्रम राखेको छ। पोखराको सभागृहमा कार्यक्रम राखिएको छ।

प्रकाशित मिति: १३:४० बजे, सोमबार, फागुन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्