Kathmandu Press

बिहानैदेखि वीपी राजमार्ग बन्द, रक्षामन्त्री पोखरेल बाटोमै राेकिए

सिन्धुली, फागुन १२ : दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयबासीले वीपी राजमार्ग अवरुद्ध गर्दा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि बाटोमै....

बिहानैदेखि वीपी राजमार्ग बन्द, रक्षामन्त्री पोखरेल बाटोमै राेकिए

सिन्धुली, फागुन १२ : दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयबासीले वीपी राजमार्ग अवरुद्ध गर्दा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि बाटोमै रोकिएका छन्।

सोमबार बिहान वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीले ठक्कर दिँदा स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो। ठक्कर दिने गाडीको पहिचान भएको छैन।

स्थानीयबासीले गाडी चालकलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरि सडक अवरुद्ध गरेका छन्। राजमार्ग अवरुद्ध भएपछि वीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं र काठमाडौंदेखि अन्यत्र हिँडेका यात्रुहरु बाटोमै रोकिएका छन्। उनीहरूसँगै रक्षामन्त्री पोखरेल पनि बाटोमै रोकिएका हुन्।

रक्षामन्त्री पोखरेल कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन सिन्धुली जाँदै थिए। ठक्कर दिने सवारी साधनको खोजी तथा अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले बताए।

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, फागुन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्