न्यायाधीश अभावमा सन्दीपको मुद्दाको सुनुवाई स्थगित, एसियन गेम्स खेल्न टिमसँगै नजाने
पेशी आजका लागि तोकिएको भएपनि जिल्ला अदालत काठमाडौंमा न्यायाधीश अभाव भएपछि सन्दीपको मुद्दाको सुनुवाई स्थागित भएको हो।
काठमाडाैं, असाेज ७ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ।
पेशी आजका लागि तोकिएको भएपनि जिल्ला अदालत काठमाडौंमा न्यायाधीश अभाव भएपछि सन्दीपको मुद्दाको सुनुवाई स्थागित भएको हो।
गत सोमबार पनि न्यायाधीश अभावमा सन्दीपको मुद्दाको पेशी आजलाई तोकिएको थियो।
न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही उच्च अदालतमा बढुवा भएका जिल्ला अदालतमा सीमित न्यायाधीश छन्। सोही कारण सन्दीपको मुद्दाको सुनुवाई स्थगित भएको हो।
अब सन्दीपको मुद्दाको अर्को पेशी कहिले तोकिन्छ त्यो पनि टुंगो लागेको छैन। सर्वोच्चले सन्दीपको मुद्दा सुनुवाई फास्टट्रयाकमा गर्न भने पनि लामो समयदेखि मुद्दाको फैसला हुन सकेको छैन।
मुद्दाको पेशी नतोकिँदा सन्दीप नेपाली टिमसँगै एसियन गेम्स खेल्न नजाने भएका छन्। नेपाली टिम आजै चीन प्रस्थान गर्नेछ। सन्दीप भने मुद्दाको पेशी तोकिएपछि मात्रै चीन जाने छन्।











