Kathmandu Press

‘घरेलु क्रिकेटको संरचना बलियो बनाउनु पहिलो प्राथमिकता हो’

‘क्रिकेटबाट संन्यास लिँदै गर्दा आफूले व्यवस्थापनमा आउने इच्छा थियो, अहिले त्यो पूरा भएको छ,’ उनले भने, ‘आगामी दिनमा क्रिकेट क्षेत्रमा अझ राम्रो गर्नका लागि तल्लो तहबाट नै काम थाल्नुपर्ने छ, त्यो गर्छु।’
‘घरेलु क्रिकेटको संरचना बलियो बनाउनु पहिलो प्राथमिकता हो’

काठमाडाैं, असाेज ६ : नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा निर्वाचत भएपछि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले घरेलु क्रिकेटको संरचना बलियो बनाउन लाग्ने बताएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा प्रशान्तविक्रम मल्लालाई पराजित गर्दै सचिवामा निर्वाचित भएका पारसले क्रिकेटको जिल्ला र प्रदेश संरचना बलियो बनाउनु आफ्नो पहिलो प्राथमकिता भएको बताए।

उनले नेपाली क्रिकेटको व्यवस्थानमा आउने आफ्नो इच्छा पुरा भएको बताएका छन्। ‘क्रिकेटबाट संन्यास लिँदै गर्दा आफूले व्यवस्थापनमा आउने इच्छा थियो, अहिले त्यो पूरा भएको छ,’ उनले भने, ‘आगामी दिनमा क्रिकेट क्षेत्रमा अझ राम्रो गर्नका लागि तल्लो तहबाट नै काम थाल्नुपर्ने छ, त्यो गर्छु।’

विगतमा पनि घरेलु क्रिकेटमाथि प्रश्न गरेको बताउँदै पारसले आगामी दिनमा त्यसको सुधारका लागि लाग्ने खड्का बताए। उनले जिल्ला र प्रदेशको संरचनामा परिवर्तन गर्दै त्यहाँ स्रोत परिचालन गर्ने बताए।

‘नेपाल क्रिकेटमा ुग्रासरुटुमा समस्या देखिएको छ । बजेटको अभावले मात्रै नभई अन्य किसिमका पनि समस्या छ,’ उनले भने, ‘जिल्ला र प्रदेशको जिम्मेवारी थप्नुपर्ने भएको छ । जिल्ला र प्रदेशबाट क्रिकेट कार्यक्रम ल्याएर केन्द्रलाई सपोर्ट गर्ने हो भने गन्तव्यमा पुग्न सक्छौं।’

पारसले आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्धलाई क्रिकेटको विकासमा लगाउने र सोहीअनुसार भूमिका निर्वाह गर्ने उल्लेख गरे। क्यानमा अहिले राम्रो टिम बनेको बताउँदै सचिव खड्काले अब टिम मिलेर अगाडि बढ्नुपर्ने बताए ।

नेपाली क्रिकेटको विकासमा एक भएर लाग्नुपर्ने बताउँदै पारसले क्रिकेट टिमसँगै क्यानको पनि वाहवाही होस् भन्ने गरी नेपाली क्रिकेटलाई संस्थागत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १९:२१ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्