Kathmandu Press

साफ यु १९ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनल

समूह एमा पाकिस्तानको ४ अंक रह्यो। माल्दिभ्सको १ अंक छ। नेपाल अंक विहीन छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो।
साफ यु १९ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनल

काठमाडौं, असाेज ६ : पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 
शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो।

माल्दिभ्सले, खेलको ३९ औं मिनेटमा सानन रसिद रसादको गोलबाट अग्रता लिए पनि खेल सकिन ६ मिनेट अघि पाकिस्तानका साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए। सोही गोल पाकिस्तानलाई प्रतियोगिताको अन्तिम ४ मा पुर्याउन पर्याप्त रह्यो। 

समूह एमा पाकिस्तानको ४ अंक रह्यो। माल्दिभ्सको १ अंक छ। नेपाल अंक विहीन छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो।

समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन्। अघिल्लो चरण प्रवेश गर्न माल्दिभ्सलाई बराबरीनै पर्याप्त हुनेछ भने नेपाललाई अन्तिम खेलमा जित निकाल्नैपर्ने समिकरण तय भएको छ।
 
प्रकाशित मिति: १७:२४ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्