क्यान अध्यक्षमा चन्द निर्विरोध, उपाध्यक्षमा रोशन
जारी क्याकको चुनावी साधारणसभामा अध्यक्ष चुतरबहादुर चन्दको मात्रै उम्मेदवार परेपछि उनी निर्विरोध भएका हुन्।
काठमाडाैं, असाेज ६ : नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध भएका छन्। जारी क्याकको चुनावी साधारणसभामा अध्यक्ष चुतरबहादुर चन्दको मात्रै उम्मेदवार परेपछि उनी निर्विरोध भएका हुन्।
क्यानमा चन्द दाेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्षमा बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका थिए, तर उनले उम्मेदवारी दर्ता गराएनन्। प्रस्तावक र समर्थक नपाएपछि विनयले अध्यक्षमा उम्मेदवारी दिन सकेनन्।
यस्तै, क्यानको उपाध्यक्षमा उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध भएका छन् भने कोषाध्यक्षमा पदमबहादुर खड्का पनि निर्विरोध भए। दुवै पदमा उनीहरुको मात्र एकल उम्मेदवारी परेको थियो। दुवै चन्द प्यालनका हुन्।
क्यानको साधारणसभामा सचिव र केही सदस्यमा मात्र निर्वाचन हुने भएको छ। सविचमा राष्ट्रिय टिमका पूर्वकप्तान तथा क्यानको बागमती प्रदेश अध्यक्ष पारस खड्का र पूर्व कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल भीड्दै छन्।











