Kathmandu Press

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा, मोदीले गरे स्वागत 

काठमाडौं, फागुन १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणको लागि अहमदावाद आइपुगेका छन् । उनलाई विमानस्थलमा भारतीय प्रधानमन्त्री ....

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा, मोदीले गरे स्वागत 

काठमाडौं, फागुन १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणको लागि अहमदावाद आइपुगेका छन् । उनलाई विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन्।

ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

Hardik ivf

अहमदावाद विमानस्थलदेखि ‘नमस्ते ट्रम्प’ समारोह आयोजना हुने स्थान नवनिर्मित मोटेरा क्रिकेट रंगशालासम्म सडकको दुवै किनारमा भारतीय नागरिकहरु उभिएर उनलाई स्वागत गरेका छन्।

अहमदावादपछि ट्रम्प आग्रास्थित ताजमहल पुग्नेछन् । त्यहाँबाट उनी भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

मंगलबार राष्ट्रपति भवन परिसरमा ट्रम्प दम्पत्तिको स्वागत कार्यक्रम हुनेछ । त्यहाँबाट महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्न ट्रम्प राजघाट जाने छन् । त्यसपछि हैदरावाद हाउसमा ट्रम्प र मोदीबीच प्रतिनिधिस्तरीय वार्ता हुनेछ।

सोही दिन साँझ ट्रम्पले राष्ट्रपति भवनमा समकक्षी रामनाथ कोविन्दलाई भेट्ने कार्यक्रम छ। समकक्षी कोविन्दले आयोजना गरेको रात्रिभोजमा सहभागी भएर राति नै ट्रम्प स्वदेश फर्किने छन्।
ट्रम्पसँगै उनकी पत्नी मेलानिया, छोरी इभान्का पनि भ्रमणमा सहभागी छन्।

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्