Kathmandu Press

क्यान निर्वाचन : सचिवमा पारसको भीडन्त प्रशान्तविक्रम मल्लासँग

पारसलाई सचिवमा क्यानकै पूर्व कार्यबहाकसचिव प्रशान्तविक्रम मल्लले चुनौती दिने भएका छन्।
क्यान निर्वाचन : सचिवमा पारसको भीडन्त प्रशान्तविक्रम मल्लासँग

काठमाडाैं, असाेज ६ : नेपाल क्रिकेट संघ (क्यान)को जारी साधारणसभामा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा बागमति प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले सचिवमा उम्मेदवारी दिएका छन्।

पारसलाई सचिवमा क्यानकै पूर्व कार्यबहाकसचिव प्रशान्तविक्रम मल्लले चुनौती दिने भएका छन्। दुवैले सचिवका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।

पारस अध्यक्ष चतुबहादुर चन्दको प्यालनबाट सचिवमा उठेका हुन्। उनी बागमती प्रदेशका निर्वाचित अध्यक्ष हुन्।

नेपाल टि–२० लिगको स्पट फिक्सिङमा विवादम मुछिएपछि मल्लाले गत माघमा कार्यबहाक सचिवबाट राजीनामा दिएका थिए। सचिव आशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि अध्यक्ष चन्दले नै मल्ललाई कार्यबहाकको जिम्मेवारी दिएका थिए।

प्रकाशित मिति: ११:१४ बजे, शनिबार, असोज ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्