यू–१९ विश्वकपकाे तालिका सार्वजनिक, नेपालकाे समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान
आगामी जनवरी १३ बाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिन नै न्युजिल्यान्डसको सामाना गर्ने छ।
काठमाडाैं, असाेज ५ : श्रीलंकामा हुने विश्वकपमा यू–१९ विश्वकपमा नेपालले पाकिस्तान, न्युजिल्यान्ड र फगानिस्तानलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ।
आईसिसीले शुक्रबार निकालेको ड्र अनुसार नेपाल तीन टेस्ट राष्ट्रसँग समूह डीमा परेको छ। आगामी जनवरी १३ बाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिन नै न्युजिल्यान्डको सामाना गर्ने छ।
यस्तै, नेपालले जनवरी १७मा पाकिस्तानसँग खेल्ने छ भने जनवरी २०मा अफगानिस्तानसँग खेल्नेछ।
१६ टिम सहभागी प्रतियोगिताको समूह एमा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह बीमा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्टकल्यान्ड छन्। यस्तै, समूह सीमा अस्ट्रेलिया, जिम्बाबे, नामिबिया र आयोजक श्रीलंका छन्।
प्रत्येक समूहका शीर्ष ३ टिम सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्सलाई पनि २ समूहमा विभाजन गरिनेछ। जसमा एउटा पोलमा समूह ए र डी तथा अर्को पोलमा समूह बी र सीका शीर्ष ३ टिम रहनेछन्।
सुपर सिक्समा प्रत्येक टिमले २ खेल खेल्ने छन्। उनीहरु समूहमा आफ्नो समानान्तर पोजिसन बाहेकका टिमसँग खेल्ने छन्। जस्तो समूह एको विजेताले समूह डीको दोस्रो र तेस्रो टिमसँग खेल्नेछ। त्यसपछि दुवै समूहका शीर्ष २ टिम सेमिफाइलन पुग्ने छन्।











