पितामाथि छल भएको भन्दै सोनम आक्रोशित
काठमाडौं, फागुन १२ : बलिउड निर्देशक अली अब्बास जफरले सन् १९८७ मा बनेको चलचित्र ‘मिस्टर इन्डिया’ को रिमेक गर्ने घोषणा गरेका छन्। उनी चलचित्....

काठमाडौं, फागुन १२ : बलिउड निर्देशक अली अब्बास जफरले सन् १९८७ मा बनेको चलचित्र ‘मिस्टर इन्डिया’ को रिमेक गर्ने घोषणा गरेका छन्। उनी चलचित्रको रिमेक बनाउँन लाग्दा निकै नै खुशी र चुनौती पनि महशुस भएको बताएका छन्।
तर, चलचित्र ‘मिस्टर इन्डिया’का निर्देशक शेखर कपुरले यस विषयमा आफुलाई केही थाहा नभएको भन्दै आपत्ती जनाएका छन्।
यसैबीच नायिका सोनम कपुरले पनि आफ्ना पिता अनिल कपुरमाथि छल भएको भन्दै सामाजिक संजालमा आक्रोश पोखेकी छिन्। ‘केही मानिसहरुले मलाई मिस्टर इन्डियाको रिमेकको विषयमा सोधेका छन् । इमान्दारिताका साथ भन्नुपर्दा मलाई र मेरा पिता अनिल कपुरलाई यो विषयमा केही पनि थाहा छैन । यदि, यो कुरा सत्य हो भने यो मेरो पिता र शेखर अंकलको अपमान र छल हो । किनकी, कसैले पनि मेरो पिता र शेखर अंकलसँग यस विषयमा छलफल गरेका छैनन् । यो एउटा यस्तो चलचित्र हो, जसलाई निकै दुःख र कडा मिहिनेतका साथ बनाइएको थियो।’












