लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक : महासचिव भुसाल
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले गरिबीका कारण राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जाने भन्दै त्यसलाई रोक्न उद्यम क्षेत्रको विकास र संरक्षण आवश्यक भएको बताए।काठमाडौं, असाेज ५ : नेकपा एकीकृत समाजवादीका महासचिव धनश्याम भुसाालले, नेपालमा लगानी संरक्षणका लागि राज्यले नीतिगत ग्यारेन्टि आवश्यक भएको बताएका छन्।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले गरिबीका कारण राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जाने भन्दै त्यसलाई रोक्न उद्यम क्षेत्रको विकास र संरक्षण आवश्यक भएको बताए।
उनले भने, ‘मुलुकको विकासको कुरा रोजगारी र बेरोजगारी हो। बेरोजगारी भएको स्थानमा राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जान्छ। मुलुकले बाटो लिदैँन्, राष्ट्रिय एकता हुदैँन्, जनताको संरक्षण गर्न सक्दैन् र राज्य कमजोर हुन्छ। हामी असफल त छैनौ तर सफल पनि हुन सकेका छैनौ। नेपाली लगानीको संरक्षण गर्ने, नीतिगत ग्यारेन्टि राज्यले नगर्दासम्म उद्यामको कतै विकास हुदैँन्। नेपालको पनि हालत त्यही हो।’
उनले संविधानमा भनिएको समाजवाद ल्याउने हो भने बाध्यात्मक वैदेशिक रोजगारीका लागि बाहिर गएको देशका युवाहरुलाई देशका फर्किन सक्ने वातावरण सिर्जना गनुपर्ने बताए।
उनले भने, ‘जुन दिन बाध्यात्मक वैदेशिक रोजगारीका लागि बाहिर गएको हाम्रो छोरा छोरीको अन्तिम पुस्ता नेपालमा फर्किन्छ त्यस दिन समाजवादको एउटा चरण पूरा हुन्छ। त्यो काम गर्ने उद्यमीले हो। यो कुरा राजनीतिले राम्रोसँग बुझ्न सकेन त्यसो भएपछि राज्यले पनि बुझ्न सकेन, उद्यामीको संरक्षण नगरी यो काम हुदैँन्। उर्जा र अरु माध्यमबाट हामीले उद्यमलाई प्रतिस्पर्धी बनाउनु पर्छ, संरक्षण गर्नुपर्छ र उद्याम डुब्दैन् भनेर ग्यारेन्टी गर्नुपर्छ। तर हाम्रा नीति त्यस्तो छैन।’
यस्तै, उनले कृषिमा हस्तक्षेप गर्न सकेनौ, उद्यमको हालत राम्रो छैन्, पूर्वाधार पनि योजनाबद्ध हिसाबले तयार नगरिएको भन्दै यसको कारणले ठूलो र आधारभूत निमार्ण गर्न सक्ने क्षमता पनि हामीसँग नभएको बताए।