सुनको मूल्य प्रति तोला ८० हजारभन्दा माथि
काठमाडौं, फागुन १२ : सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ। सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावलको सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ तोके....

काठमाडौं, फागुन १२ : सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ। सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावलको सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ तोकेका छन् भने, तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार भएको छ । त्यस्तै चाँदीको प्रतितोला मूल्य नौ सय २५ रुपैयाँ पुगेको छ।
आइतबारको तुलनमा सुनको मूल्य प्रतितोला १५ सयले बढेको भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ।
मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए। बढ्दो मूल्यले बिहेको महिना भए पनि सुनको कारोबार खस्कीएको छ।
प्रकाशित मिति: १२:१५ बजे, सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
