Kathmandu Press

भट्टराईको ‘आँखामा तिमीलाई’ को नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, फागुन १२ : गायक नविन के भट्टराईको आँखामा तिमीलाई गीतको भिडियो सार्वजनिक भएको छ।

उनको पहिलो गीति संग्रह ‘रहरै रहर’ मा स....

भट्टराईको ‘आँखामा तिमीलाई’ को नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, फागुन १२ : गायक नविन के भट्टराईको आँखामा तिमीलाई गीतको भिडियो सार्वजनिक भएको छ।

उनको पहिलो गीति संग्रह ‘रहरै रहर’ मा संग्रहित यस गीतलाई २५ वर्ष अघि श्रोताले निकै रुचाएका थिए । आँखामा तिमीलाई बोलको गीत सुन्ने पुस्ता र अहिलेका पुस्तालाई जोड्न पुरानो चर्चित गीत नयाँ भिडियोसहित सार्वजनिक गरेको उनले बताए। 

नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा होम दवाडी र निर्जल खनालको अभिनय रहेको छ। विजय भण्डारीद्वारा छायांकन म्युजिक भिडियोको सम्पादन योर स्टाइलले गरेको हो। गीतको भिडियो नविनले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: १२:०५ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्