Kathmandu Press

यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाली टिम पाकिस्तानसँग १–०ले् पराजित भयो।
यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडाैं, असाेज ४ : घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको नेपाल यू–१९ साफ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाली टिम पाकिस्तानसँग १–०ले् पराजित भयो।

घरेलु मैदानमा नेपालविरुद्ध जित दिलाउने क्रममा पाकिस्तानका लागि अलि जाफरले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७५औं मिनेटमा जाफरले पाकिस्तानलाई अग्रता दिलाए।

६ टिम सहभागी प्रतियोगिताको उद्घाट खेलमा भारत विजयी भयो। बिहीबार दिउँसो भएको खेलमा भारतले बंगलादेशमाथि ३–०को जित निकाल्यो।

समूह एमा रहेको नेपालले सोमबार माल्दिभ्ससँग खेल्ने छ भने पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्ने छ।  समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन्।

प्रकाशित मिति: १९:५२ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्