Kathmandu Press

साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात

दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले पराजित गरेको हो। भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन्। 
साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात

काठमाडाैं, असाेज ४ : राजधानीमा बिहीबारबाट सुरु साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ।

दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३–० को गोल अन्तरले पराजित गरेको हो। भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन्। 

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन्। नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन्। समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्।

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ। 

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्