युनियन बर्लिनमाथि रियलको कठीन जित
खेल सकिनै लाग्दा बेलिङहमले गोल गरेपछि घरेलु मैदानमा रियलले जर्मन क्लब युनियन बर्लिनमाथि १–०को कठीन जित निकाल्यो।
काठमाडौं, असोज ४ : च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले कठीन जित निकालेको छ। खेल सकिनै लाग्दा बेलिङहमले गोल गरेपछि घरेलु मैदानमा रियलले जर्मन क्लब युनियन बर्लिनमाथि १–०को कठीन जित निकाल्यो।
च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियलले डेब्यू खेल खेलिरहेको बर्लिनमाथि जित निकाल्न निकै संघर्ष गरेको थियो। बेलिङघमले इन्जुरी सयमको चौथो मिनेटमा गोल गरेपछि रियल विजयी भयो।
यसैसिजन रियल आएका बलिङहमले पछिल्ला ६ खेलमा ६ गोल गरेका छन्।
पहिलो हाफको १५ मिनेट दुवै टिमले आक्रामक खेल खेलेका थिए। तर, त्यसपछि खेल सुस्त बनेको थियो। तर, दोस्रो हाफमा भने रियलले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। बर्लिनमाथि निरन्तर दबाब बनाएपछि रियल फिनिसिङमा चुकेको थियो।
समूह सी कै अर्को खेलमा इटालियन क्लब नापोलीले ब्रागालाई २–१ ले हराएर ३ अंक जोडेको छ। नापोलीले ब्रागालाई हराउन ८८औं मिनेटमा आत्मघाती गोलको साहरा लियो।











