Kathmandu Press

घाइते भए ललित राजवंशी, आजै अप्रेशन गरिने

बुधबार अभ्यासका क्रममा २४ वर्षीय लेफ्टआर्म स्पिनर ललितको दायाँ कुममा चोट लागेको छ।
घाइते भए ललित राजवंशी, आजै अप्रेशन गरिने

काठमाडाैं, असाेज ४ : स्पिनर ललित राजवंशी घाइते भएका छन्। एसियन गेम्सको तयारीका लागि अभ्यासका क्रममा उनी घाइते भएका हुन्।

२४ वर्षीय लेफ्टआर्म स्पिनर ललितको दायाँ कुममा चोट लागेको छ। बुधबार अभ्यासका क्रममा ललित घाइते भएको क्यानले जनाएको छ।

‘चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भइरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य ललित राजवंशी   घाइते भएका छन्,’ क्यानले फेसबुकमा लेखेको छ ।

क्यानले ललितको आजै आज शल्यक्रिया गर्ने तयारी भइरहेको जनाएको छ। ललित अब कति समय मैदान बाहिर रहन्छ भन्ने क्यानले केही उल्लेख गरेको छैन।

ललित नेपालका लागि महत्वपूर्ण बलर हुन्। अर्को महिना घरेलु मैदानमै हुने टि–२० विश्वकप छनोटमा उनी उपलब्ध हुन नसके नेपाललाई ठूलो घाटा हुनेछ।

 

प्रकाशित मिति: ११:१५ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्