Kathmandu Press

विपन्न परिवारले पाए चिटिक्कको नयाँ घर

झापा, फागुन १२ : झापाको झापा गाउँपालिकाका विपन्न समुदायका ४० परिवारले नयाँ घर पाएका छन्।

झापा गाउँपलिकासँगको सहकार्यमा ह्याविट्याड फर ह्युमा....

विपन्न परिवारले पाए चिटिक्कको नयाँ घर
रासस

झापा, फागुन १२ : झापाको झापा गाउँपालिकाका विपन्न समुदायका ४० परिवारले नयाँ घर पाएका छन्।

झापा गाउँपलिकासँगको सहकार्यमा ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले विपन्न समुदायका ४० परिवारका लागि नयाँ घर बनाएको हो। नयाँ घर स्थानीय वासिन्दालाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए।

झापा गाउँपालिका–१ लसुनाका सन्थाल समुदायका लागि प्रतिघर दुई लाख २० हजार खर्च भएको सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए। ह्याविट्याड फर ह्युमानेटी नेपालको ७५ हजारसहित झापा गाउँपालिकाको ७५ हजार र घर धनीको जनश्रमदान तथा  सहाराको प्राविधिक टोलीले घर निर्माण गरेको उनले बताए।

नयाँ घरमा बस्न पाएपछि उनीहरू खुशी भएका छन्। वर्षौंदेखि फुसको छानो र बाँसको टाटीमा माटोले लिपेर बस्ने गरेका लसुनावासीका लागि भुई ढलान, पिल्लर, उपचार गरेर बलियो बनाएको बाँस र जस्तापात प्रयोग गर्दै घर निर्माण गरिएको हो।

गाउँपालिकाले सहारासँगको सहकार्यमा अहिले थप एक सय घर निर्माण शुरु भएको जनाएको छ। गत वर्ष पनि ९० वटा घर निर्माण भएको अध्यक्ष साहाले बताए।

योसँगै सहारा नेपालले झापा र मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा ६ वटा घर निर्माण गर्ने काम भइरहेको कार्यकारी निर्देशक गिरीले बताए। आगामी वर्ष  एक हजार दुई घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको जनाइएको छ।

साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरबाट अहिले झापाका विपन्न समुदायका नागरिक चिटिक्क टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको तीन कोठा घरमा बस्न पाउँदा दङ्ग छन्। 

प्रकाशित मिति: १०:१२ बजे, सोमबार, फागुन १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्