Kathmandu Press

भिल्लारियललाई हराउँदै एट्लेटिको स्पेनिस ला लिगाको तेस्रो स्थानमा

काठमाडौं, फागुन १२ : स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । एट्लेटिकोले आफ्नो मैदानमा भिल्लारियललाई ३–१....

भिल्लारियललाई हराउँदै एट्लेटिको स्पेनिस ला लिगाको तेस्रो स्थानमा

काठमाडौं, फागुन १२ : स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । एट्लेटिकोले आफ्नो मैदानमा भिल्लारियललाई ३–१ ले हराउँदै ४३ अंक बनाएको छ ।

यो जितको कारण एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । खेलमा भिल्लारियलले सुरुमै अग्रता लिएको थियो । पाको अल्कासरले १६औं मिनेटमा गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । ४०औं मिनेटमा एंगल कोरियाले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए ।

६४औं मिनेटमा कोरियाको पासमा कोकेले गोल गरेपछि एट्लेटिकोले अग्रता लियो । ७४औं मिनेटमा कोके दिएको पासलाई जाओ फिलिक्सले गोलमा परिणत गर्दै एट्लेटिकोलाई ३–१ को जित दिलाए ।

प्रकाशित मिति: ०८:०२ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्