आज वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन १२ : सोमबार देशका धेरैजसो पहाडी भेगमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशमा पश्चिमी न्यूनचापीय....

काठमाडौं, फागुन १२ : सोमबार देशका धेरैजसो पहाडी भेगमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । यस्तै सोमबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती पनि देशका मध्य तथा पुर्वी पहाडका केही ठाउँमा पानी पर्ने र बाँकी ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका मध्य तथा पुर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।











