Kathmandu Press

अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणका लागि प्रस्थान

काठमाडौं, फागुन १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलिनियाका साथ दुई दिने राजकीय भ्रमणमा आज भारत जाँदैछन् । त्यसका लागि ट्रम्प अमेरिकाबाट भ....

अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणका लागि प्रस्थान

काठमाडौं, फागुन १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलिनियाका साथ दुई दिने राजकीय भ्रमणमा आज भारत जाँदैछन् । त्यसका लागि ट्रम्प अमेरिकाबाट भारत प्रस्थान गरिसकेका छन ।

उनी विहान ११ बजेर ४० मिनेटमा नयाँ दिल्ली पुग्ने कार्यक्रम छ । ट्रम्पको स्वागतका लागि भारत सरकार उत्सुक रहेको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताएका छन् । कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात पुग्नेछन् । अहमदावादको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम मोटेरा स्टेडियममा डिजाइन गरिएको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा उनी सहभागी हुनेछन् । यद्यपि भारतीय सञ्चारमाध्यमका अनुसार ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्नेछन्। सावरमती आश्रममा भेट गरेपछि नमस्ते ट्रम्प कार्यक्रममा सहभागी हुनेछन्।

Hardik ivf

नमस्ते ट्रम्पको अवधारणा गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमको जस्तै रहेको पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ। भ्रमणको दोस्रो दिन मंगलबार ट्रम्प दिल्ली आउनेछन्। भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाका अनुसार मंगलबार हैदरावाद हाउसमा मोदी र ट्रम्पबीच प्रतिनिधिमण्डलबीच रक्षा र व्यापार लगायतका मुद्दामा व्यापक छलफल हुनेछ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन्। यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओवामाले २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए। ओवामा आफ्नो दुवै कार्यकालमा भारत आएका थिए।

प्रकाशित मिति: ०७:३४ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्