Kathmandu Press

पीएसजीलाई १३ अंकको अग्रता, नेयमारलाई रातो कार्ड

काठमाडौं, फागुन १२ : फ्रेन्च लिग वानमा पीएसजीले घरेलु टोलीले बोर्डोलाई ४–३ ले पराजित गरेको छ । पेरिसमा भएको खेलमा जितसँगै पीएसजीले लिगमा १३ अंकक....

पीएसजीलाई १३ अंकको अग्रता, नेयमारलाई रातो कार्ड

काठमाडौं, फागुन १२ : फ्रेन्च लिग वानमा पीएसजीले घरेलु टोलीले बोर्डोलाई ४–३ ले पराजित गरेको छ । पेरिसमा भएको खेलमा जितसँगै पीएसजीले लिगमा १३ अंकको अग्रता बनाएको छ । पीएसजीले ६५ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको ओलम्पिक मार्सेको ५२ अंक मात्र छ ।

पेरिस सेन्ट जर्मेइनलाई जित दिलाउनका लागि माक्र्युन्होसले दुई गोल गरे । खेलको पहिलो गोल भने बोर्डोका लागि ह्वाङ उई जोले १८औं मिनेटमा गरेका थिए । २५औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । पहिलो हाफको इन्ज्युरी समयमा माक्र्युन्होसले गोल गर्दै पीएसजीलाई २–१ ले अघि पुर्‍याए । इन्ज्युरी समयमा पाब्लोले बोर्डोका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ६३औं मिनेटमा माक्र्युन्होसले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले फेरी अग्रता लियो ।

त्यसको ६ मिनेटपछि केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता ४–२ मा लम्बियो । ८३औं मिनेटमा रुवेन पार्दोले बोर्डोका लागि गोल गर्दै पीएसजीको अग्रता ४–३ मा घटाए । तर, बाँकी समयमा गोल हुन सकेन । खेलको अन्तिम समयमा नेयमार रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि इन्ज्युरी समयको केही मिनेट पीएसजीले १० खेलाडीमा सिमित भएको थियो । 

प्रकाशित मिति: ०७:१६ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्