Kathmandu Press

साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

एन्फाले मंगलबार दशरथ रंगशालमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको र बुधबारसम्म सम्पूर्ण टिम आउने जनाएको हो।
साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा

काठमाडाैं, असाेज २ : अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

एन्फाले मंगलबार दशरथ रंगशालमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको र बुधबारसम्म सम्पूर्ण टिम आउने जनाएको हो। प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन्।

Hardik ivf

नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन्। समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्। पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको लागि भीआईपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ १०० टिकट मूल्य राखिएको जानकारी दिए। सहभागी टोलीलाई नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको उनले बताए। च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार रहेको र बजेट साफले नै उपलव्ध गराउने शाहले जानकारी दिए।

बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ। नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ।

प्रकाशित मिति: १५:२७ बजे, मंगलबार, असोज २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्