Kathmandu Press

अन्तर्राष्ट्रिय कला प्रदर्शन हुँदै

काठमाडौं, फागुन ११ :  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरुको कला प्रदर्शन ह....

अन्तर्राष्ट्रिय कला प्रदर्शन हुँदै

काठमाडौं, फागुन ११ :  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरुको कला प्रदर्शन हुने भएको छ।

प्रदर्शनीमा चित्र, सेरामीक, प्रफोमेन्स, प्रिन्ट मेकिङ र स्कुल्पचर कलाको संयुक्त प्रदर्शन हुने आयोजकले जनाएको छ। ‘इनफिनिटथट्स’ नाम दिएको प्रदर्शनीमा नेपाली कलाकारका साथै जापान, बेल्जियम, अमेरिका, भारतलगायत १३ देशको चित्रकला देख्न सकिने छ। चाकुपाटस्थित क्लासिक ग्यालरीले सन् २०१० देखि अन्तर्राष्ट्रिय महिला दिवसमा चित्रकला प्रदर्शन गर्दै आएको छ।

Hardik ivf

ग्यालरीको प्रमुख सरिता डङ्गोलले नेपाली र विदेशी कलालाई एक साथ प्रदर्शन गराउँदा नेपाली र विदेशी कलाकारिताको भिन्नता सिक्न पाइने बताइन्। ५० जनाको कलाकारिता रहने प्रदर्शनीबाट संकलित केही रकम स्वयम्भूस्थित सुनगाभा संस्थालाई प्रदान गरिने आयोजकले जनाएको छ। उक्त संस्थामा रहेका डाउनसिन्ड्रोम छात्राहरुलाई उक्त रकमले चित्रकला सिक्न केही सहयोग पुग्ने आयोजको विश्वास छ। 

ओमन आर्ट वर्ल्डको सहकार्यमा हुन लागेको चित्रकला प्रदर्शनी मार्च ८ देखि १३ सम्म चल्नेछ।

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्