Kathmandu Press

सताक्षी गोल्डकपकाे उपाधि मच्छिन्द्रलाई

काठमाडौं, फागुन ११ : यो वर्षको पहिलो नककआट फुटबल प्रतियोगिता ‘सताक्षी गोल्डकप’ को उपाधि जितेको छ । गतसाता दशरथ रंगशलामा त्रिभुवन आर्मी क्ल....

सताक्षी गोल्डकपकाे उपाधि मच्छिन्द्रलाई

काठमाडौं, फागुन ११ : यो वर्षको पहिलो नककआट फुटबल प्रतियोगिता ‘सताक्षी गोल्डकप’ को उपाधि जितेको छ । गतसाता दशरथ रंगशलामा त्रिभुवन आर्मी क्लबलाई हराउँदै ए डिभजिन लिग च्याम्पियन बनेलगत्तै झापा पुगेको मच्छिन्द्रले थ्री स्टार क्लबलाई हराउँदै ‘सताक्षी गोल्डकप’ को उपाधि जितेको हो।

आइतबार झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको फाइनलमा थ्री स्टार क्लबलाई १–०ले हराउँदै मच्छन्द्रले सिजनको पहिलो नकआउट फुटबल प्रतियोगिताको उपाधि उचाल्यो। 

मच्छिन्द्रलाई च्याम्पियन बनाउने क्रममा विमल घर्तीमगरले निर्णायक गोल गरे । उनले खेलको सुरुवातमै प्राप्त पेनाल्टीमा गोल गरेका थिए । दोस्रो मिनेटमा थ्री स्टारका असोक खवासले एडिलाजा सेमिडेलाई डिबक्समा लडाएपछि मन्छिन्द्रले पेनाल्टी पाएको थियो। 

‘नाइट क्लब कान्ड’ले प्रतिबन्धमा परेका विमल ए डिभिजन लिगको अन्तिम खेलबाटै मैदान फर्किएका थिए।  

उपाधिसँगै मन्छिन्द्रले ६ लाख रुपैयाँ प्राप्त ग¥यो भने थ्री स्टारले तीन लाख रुपैयाँमा चित्त बुझायो । मन्छिन्द्र आर्मीलाई हराउँदै फाइलन पुगेको थियो भने थ्री स्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई पराजित गरेको थियो।

प्रकाशित मिति: १७:३० बजे, आइतबार, फागुन ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्