Kathmandu Press

सिराजको घातक बलिङपछि श्रीलंका ५० रनै अलआउट

सिराजले ७ ओभरमा २१ रन खर्चेर ६ विकेट लिएपछि पहिला ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अलआउट भयो।
सिराजको घातक बलिङपछि श्रीलंका ५० रनै अलआउट

काठमाडाैं, भदाै ३१ : मोहम्मद सिराजले घातक बलिङ गरेपछि एसिया कपको फाइनलमा श्रीलंका ५० रनमै अलआउट भएको छ। सिराजले ७ ओभरमा २१ रन खर्चेर ६ विकेट लिएपछि पहिला ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अलआउट भयो।

यो एसिया कपकै सबैभन्दा कम स्कोर हो। यस्तै, एकदिवसीय क्रिकेटको १०औं कम योगफल हो।

पहिला ब्याटिङ गरेको श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुसान हेमन्थाले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कारे बनाउन सकेनन्। उसका ५ ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए।

Hardik ivf

घातक बलिङ गरेका सिराजले सिराजले एकै ओभरमा ४ विकेट लिएसहित कुल ६ विकेट लिए। उनले ७ ओभरमा २१ रन मात्र खर्चिए। सिराजको यो स्पेल एकदिवसीय क्रिकेटको दोस्रो उत्कृष्ट स्पेल हो।

सिराजले चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैठौं बलमा विकेट लिए। उनले पाथुम निसंका, सदिरा समराविक्रमा, धनन्जय डि सिल्भा र दसुन सनकाको विकेट लिए।

योसँगै उनी एकदिवसीय क्रिकेटमा एकै ओभरमा ४ विकेट लिने चौथो खेलाडी बनेका छन्। यसअघि यो उपलब्धी श्रीलंकाकै चामिन्दा भासले सन् २००३मा बंगलादेशविरुद्ध, सन् २००३ मै पाकिस्तानका मोहम्मद सामीले न्युजिल्यान्डविरुद्ध र सन् २०१९मा इंग्ल्यान्डका अदिल रसिदले वेस्टइन्डिजविरुद्ध यो उपलब्धी हाँसिल गरेका थिए।

यस्तै, एक ओभरमा ४ विकेटसँगै सिराज सर्वाधिक थोरै बलमा ५ विकेट लिने चामिन्दा भारको कीर्तिमान बराबरी गरेका छन्। जारी खेलमा सिराजले श्रीलंकाविरुद्ध १६ बलमा ५ विकेट लिए। भासले बंगलादेशविरुद्ध पनि १६ बलमै ५ विकेट लिएका थिए।

सिराजका अलावा हार्दिक पाण्ड्याले ३ तथा जस्प्रित बुमराहले १ विकेट लिए।

 

 

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, भदौ ३१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्