Kathmandu Press

सिप्यान क्रिकेट अवार्ड चैतमा

काठमाडौं, फागुन ११ : एनसिसिएम–सिप्यान क्रिकेट अवार्डको दोस्रो संस्करण चैतमा आयोनजा हुने भएको छ । क्रिकेट खेलाडी संघ (सिप्यान)ले आइतबार पत्र....

सिप्यान क्रिकेट अवार्ड चैतमा

काठमाडौं, फागुन ११ : एनसिसिएम–सिप्यान क्रिकेट अवार्डको दोस्रो संस्करण चैतमा आयोनजा हुने भएको छ । क्रिकेट खेलाडी संघ (सिप्यान)ले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत २१ गते आयोजना गरिने जानकारी दिएको छ।

गत वर्षबाट सुरु भएको सिप्यान अवार्डमा वर्षभरि उत्कष्ट प्रदर्शन गर्दै आएका पुरुष र महिला खेलाडीलाई वर्षको उत्कृष्ट क्रिकेटरको अवार्ड प्रदान गरिने छ । यस्तै उदयीमान खेलाडी, उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने छ।

वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई १ लाख ३२ हजार रुपैयाँ दिइने छ भने उदयीमान खेलाडी, उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट विधाका विजेतालाई समान ६६ हजार रुपैयाँ दिइने छ।

उत्कृष्ट खेलाडी छनोटका प्राविधिक समिति गठन गरिने सिप्यानले जननएको छ । यस्तै, वर्षको उत्कृष्ट क्षण भने समर्थकको भोटिङका आधारमा हुने छ।

अघिल्लो संस्करणको उत्कृष्ट वर्ष खेलाडी सन्दीप लामिछाने र सीता रानामगर भएका थिए भने उत्कृष्ट युवा खेलाडी रोहितकुमार पौडेल, उत्कृष्ट क्षण अवार्ड करण केसीले जितेका थिए । यस्तै, पुराना क्रिकेटर कोमल पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

प्रकाशित मिति: १७:२० बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्